एकदिन अघि ट्याक्टर दुर्घटना भएकै ठाउँमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ। आज दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त हेटौंँडा–६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो।
एकदिन अघि पनि सोही ठाउँनजीक ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ वर्षीय सन्दिप अर्यालको ज्यान गएको थियो। हेटौंँडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा चालक अर्यालको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको थियो।
जेठ २०, २०७९ शुक्रबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।