यौन हिंसा विरुद्धको विधेयक पढ्न नपाएको भन्दै एमाले सांसदले ध्यानाकर्षण गराएपछि रोकियो सांसद बैठक

यौन हिंसा विरुद्धको विधेयक पढ्न नपाएको भन्दै एमाले सांसदले ध्यानाकर्षण गराएपछि रोकियो सांसद बैठक

काठमाडौँ : विधेयक नपाएको भन्दै एमालेका सांसदको विरोधपछि यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा छलफल चल्दाचल्दै संसद् बैठक स्थगित भएको छ। आफूहरूले विधेयकै नपाएकाले कसरी छलफलमा सहभागी हुने भन्दै शान्ता चौधरी र सुवासचन्द्र नेम्वाङले सदनमा प्रश्न उठाएका थिए।

चौधरीको प्रश्नमा सभामुख अग्नि सापकोटाले संसद्को पिजन हलमा राखिएको जवाफ दिएर संसद् बैठक अगाडि बढाउने प्रयास गरेपछि पूर्व सभामुख समेत रहेका नेम्वाङले आफूले खोज्दा समेत विधेयक नपाएको भन्दै सभामुखको ध्यानाकर्षण गराएपछि सापकोटाले आजै निर्णयार्थ पेस गर्ने कार्यसूची हटाउँदै संसद् बैठक स्थगित गरेका थिए।

जेठ २०, २०७९ शुक्रबार १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।