बलात्कार घटनाको जाहेरीको हदम्याद हटाउने विधेयक संसद्मा

बलात्कार घटनाको जाहेरीको हदम्याद हटाउने विधेयक संसद्मा

काठमाडौँ : यौन हिंसामा परेका पीडितले जाहेरी दिने एक वर्षीय हदम्याद हटाउन सरकारले बनाएको विधेयकबारे सांसदले आजै निर्णय गर्ने भएको छ। यौन हिंसा विरुदका केही ऐनलाई संशोधन गर्ने विधेयक आजै संसद्मा निर्णयार्थ पेश हुने भएको हो।

एक युवतीले आफूमाथि आठ वर्ष अगाडि भएको बलात्कारको घटना सार्वजनिक गरेसँगै मुलुकी अपराध संहितामा भने घटनाको एक वर्षभित्र जाहेरी दिनुपर्ने हदम्यादबारे बहस भएको थियो। सो हदम्याद हटाउन माग बढेपछि सरकारले संसद्मा विधेयक पेस गरेको थियो।

आजै फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक पनि संसद्मा पेस हुने भएको छ। यी दुवै विधेयक कानुन मन्त्री गोविन्द प्रसाद शर्माले पेस गर्ने छन्।

जेठ २०, २०७९ शुक्रबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।