तेजाब आक्रमण विरुद्धको संसद्मा विधेयक पेस, २० वर्ष कैद र १० लाख जरिवाना

तेजाब आक्रमण विरुद्धको संसद्मा विधेयक पेस, २० वर्ष कैद र १० लाख जरिवाना

काठमाडौँ : तेजाब आक्रमण विरुद्धको सजाय थप गर्न बनेको विधेयक प्रतिनिधि सभामा पेस भएको छ। आक्रमणकारीलाई २० वर्ष कैद र १० लाख जरिवानाको व्यवस्था सहितको मुलुकी अपराध संहिता केही ऐनमा संशोधन गरिएको विधेयक कानुनी मन्त्री गोविन्द बन्दीले संसद् बैठकमा पेस भएको हो।

तेजाब आक्रमणका घटनाहरू बढेपछि यसको नियन्त्रणसँगै पैठारी र प्रयोगलाई कानुनी दायरामा ल्याउन सरकारले पटक-पटक अध्यादेशका रूपमा ल्याए पनि सांसदबाट पास भने हुन सकेको थिएन।

अध्यादेशमा तेजाब तथा अन्य घातक पदार्थको आयात गर्न गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने र विक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने उल्लेख छ। यस अगाडि आयात गर्न अनुमति लिए पनि विक्री गर्न अनुमति लिनुपर्ने कानुनी प्रावधान थिएन।

जेठ २०, २०७९ शुक्रबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।