म्यादी सरकारले पूर्ण बजेट किन ल्यायो भन्ने एमालेको प्रश्नमा अर्थमन्त्रीको यस्तो जवाफ 

म्यादी सरकारले पूर्ण बजेट किन ल्यायो भन्ने एमालेको प्रश्नमा अर्थमन्त्रीको यस्तो जवाफ 

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले संविधानमा सरकार जस्तो परिस्थितिमा भए पनि वार्षिक बजेट नै पेस गर्नुपर्ने प्रावधान अनुरूप बजेट ल्याएको बताएका छन्। शुक्रबार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध पेस भएको सार्वजनिक महत्त्वको प्रस्तावपछि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन्। 

प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले वर्तमान सरकारलाई म्यादी सरकार भन्दै पूर्ण बजेट किन ल्याएको भन्दै आलोचना गरेका थिए। ‘मैले संविधानमा यति महिनाका लागि मात्रै बजेट बनाउने भन्ने रहेनछ’ उनले भने, ‘सरकारले जस्तो परिस्थितिमा पनि वार्षिक बजेट नै पेस गर्नुपर्ने भन्ने छ। मैले प्रस्तुत गरेको हुँ।’ मन्त्री शर्माले बजेट बनाउँदै विज्ञहरू, राजनीतिक दलका नेताहरूसहित सबैलाई समेटेर ल्याइएको बताउँदै त्यसलाई सरकारको बजेट मात्र भन्न नमिल्ने बताए।

 

जेठ २०, २०७९ शुक्रबार १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।