अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घट्यो, यस्तो छ नयाँ दर

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घट्यो, यस्तो छ नयाँ दर

काठमाडौंः अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडादर घटेको छ। यातायात व्यवस्था विभागले इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा अन्तरप्रदेश चल्ने यातायातको भाडा समायोजन गरेको हो।

यात्रुवाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ। यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहकको भाडा २.६ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुनेको मालवाहकको भाडा २.९ प्रतिशतले घटेको छ।

नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा घट्ने वा बढ्ने हुन्छ।

जेठ २०, २०७९ शुक्रबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।