अर्काको नाममा लोकसेवाको परीक्षा दिने एक जना पक्राउ

अर्काको नाममा लोकसेवाको परीक्षा दिने एक जना पक्राउ

काठमाडौंः हेटौंडा उपमहानगरपालिका-१ मा सञ्चालन भइरहेको लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्रप्रसाद बास्ताकोटी पक्राउ परेका छन्। उनलाई बिहीबार बिहान पक्राउ गरिएको हो।

महोत्तरी साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराएका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

साथै उनको झोलाबाट नगद ५८ हजार पाँच सय रुपैयाँ र विभिन्न व्यक्तिहरूको चार थान नागरिकता समेत फेला पारी प्रहरीले बरामद गरेको छ। 

जेठ २०, २०७९ शुक्रबार १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।