एसियन कप छनोटअघि आज नेपाल ओमानबीच मैत्रीपूर्ण खेल हुँदै

फाइल तस्बिर
काठमाडौंः नेपाल र ओमानको राष्ट्रिय फुटबल टोलीबीच आज मैत्रीपूर्ण अभ्यास खेल हुँदैछ। खेल नेपाली समयअनुसार राति ९:४५ बाट सुरु हुनेछ।
एसियन कप छनोटका लागि नेपाली फुटबल टोली कतारमा अभ्यासरत छ। छनोट खेल कुवेतमा हुनेछ।
नेपाल छनोट प्रतियोगिताको समूह 'ए' मा छ। त्यो समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन छन्। जुन ८ देखि १४ सम्म छनोट खेलहरू हुनेछन्।
जेठ २०, २०७९ शुक्रबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।