आज संसद्मा कानूनमन्त्रीले यौन हिंसाविरुद्धका ऐनलाई संशोधन गर्ने विधेयक पेश गर्ने

काठमाडौंः कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले आज संसद्मा केही विधेयक पेश गर्ने भएका छन्। उनले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” पेश गर्ने कार्यसूची रहेको छ।
यस्तै “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९” पनि आज संसद्मा पेश गर्ने उनको तयारी छ।
आजको संसद् बैठक बिहान ११ बजेबाट सुरु हुँदैछ।
सुरुमा एमाले सचेतक तथा सांसद् विशाल भट्टराईले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन्।
यस्तै उनले आज “विनियोजन विधेयक, २०७९” प्रस्तुत गर्नेछन् भने “राष्ट्र ऋण उठाउने विधेयक, २०७९” प्रस्तुत गर्नेछन्।
आज “ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९” प्रस्तुत गर्ने पनि कार्यसूचीमा रहेको छ।
जेठ २०, २०७९ शुक्रबार १०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।