रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

बाँकेः कोहलपुर नगरपालिका- १५ अक्कलघरुवामा गए राति रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बाँकेकै खजुर गाउँपालिका- ५ का ३३ वर्षीय सुमन शर्मा रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो। सडक छेउमा रोकिराखेको भे१त ८९७६ नम्बरको ट्याक्टरमा गए राति साढे ११ बजे भे४प १०३३ नम्बरको मोटरसाइकल ठोकिएको हो।
ट्याक्टरसहित चालकलाई अस्थाई प्रहरी पोष्ट हबल्दारपुर बाँकेले नियन्त्रणमा लिएको छ।
जेठ २०, २०७९ शुक्रबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।