टर्की देशको नाम परिवर्तन, अब 'तुर्किए' भनिने

टर्की देशको नाम परिवर्तन, अब 'तुर्किए' भनिने

एजेन्सीः टर्कीले देशको नाम परिवर्तन गरेको छ। टर्की अब 'तुर्किए' (Türkiye) भएको छ।

बुधबार संयुक्त राष्ट्रसंघले टर्की सरकारको आग्रहपछि नाम परिवर्तन गर्न राजी भएको थियो। टर्कीलाई तुर्किए भन्ने अभियान भने गत डिसेम्बरबाटै चलेको थियो।

टर्कीलाई तुर्किए बनाएर देशको ब्राण्ड भ्याल्यू बढेको त्यहाँका विदेशमन्त्री मेभ्लुट क्याभुसोग्लुले बताए।

यता संयुक्त राष्ट्रसंघले आग्रह स्वीकार गर्नेबित्तिकै आधिकारिक रूपमा तुर्किए नाम लागू भएको बताएको सीएनएनले लेखेको छ।

मासुका लागि प्रयोग हुने टर्की चरासँग नाम मिलेको भन्दै यसबाट मुक्त हुने देशको नाम परिवर्तन गर्नुपर्ने भन्दै सो मुलुकमा बहस हुने गरेको थियो। यस्तै क्याम्ब्रिज अङ्ग्रेजी शब्दकोशका अनुसार टर्कीको अर्थ 'मुर्ख मानिस' हो। यस्तै 'पराजित' भन्ने अर्थ पनि रहन्छ।

जेठ २०, २०७९ शुक्रबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।