प्रदेश १, मधेश, बागमती र गण्डकीमा चट्याङ र हावाहुरीसहित वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।
यतिबेला प्रदेश १ को एक वा दूई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक वा दूई स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १ का थोरै स्थानहरूमा र बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ २०, २०७९ शुक्रबार ०७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।