बैतडीमा एक जनाको भीरबाट खसेर मृत्यु, अर्को मृत फेला

बैतडीमा एक जनाको भीरबाट खसेर मृत्यु, अर्को मृत फेला

बैतडीः जिल्लामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। एक जनाको भीरबाट खसेर मृत्यु भएको हो भने अर्का मृत फेला परेका हुन्।

पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भीरबाट लडेर मृत्यु भएको हो। बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भीरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए। 

यस्तै सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन्। धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले बताए।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। 

जेठ २०, २०७९ शुक्रबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।