ब्याचै उछिनेर बढुवा गर्दिन : प्रहरी महानिरीक्षक सिंह

काठमाडौँ : प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबावले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवा-बढुवा हुने बताएका छन्। प्रहरी महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा प्रहरी प्रधान कार्यालयमा बिहीबारआयोजित पत्रकार भेटघाटमा उनले उत्कृष्ट र कार्य दक्षता हेरेर सरुवा-बढुवा हुने दाबी गरे।
अन्य कारणबाट गरिएको बढुवाले सङ्गठनको श्रीवृद्धिमा सहयोग नगर्ने उनको धारणा थियो। मिडियामा आएका कतिपय कुरामा सत्यता बुझ्न उनले पत्रकारलाई आग्रह गरे। सङ्गठन प्रमुख फेरिँदैमा प्राथमिकता नफेरिने भन्दै उनले सफलरुपमा कार्यान्वयन गर्नु महत्वपूर्ण कुरा भएको बताएका थिए। उनले विगतका योजना कार्यान्वयनमा ध्यान दिएको बताए।
सिंहले सङ्गठनको निष्पक्षतामा कुनै सम्झौता नहुने र प्रहरीको नियमभन्दा बाहिर जाने कारवाहीको भागिदार हुने दाबी समेत गरेका थिए। वरिष्ठता मिचेर प्रहरी महानिरिक्षक भएको भन्दै सर्वोच्च अदालतमा मुद्धा खेपीरहेका उनले आफ्नो कार्यकालमा कुनै ब्याचै उछिन्ने गरी बढुवा नहुने दाबी समेत गरे।
सङ्गठित अपराधमा तथा अन्य घटनामा वस्तुनिष्ठ अनुसन्धान गरी निष्कर्षमा पुर्याउन प्रहरी कटिबद्ध रहेको उनको दाबी थियो।
जेठ १९, २०७९ बिहीबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।