श्रीमतीका लागि औषधि लिन जाँदा बेपत्ता भएका साहको शव इनारभित्र

श्रीमतीका लागि औषधि लिन जाँदा बेपत्ता भएका साहको शव इनारभित्र

सिरहाः गोलबजारमा इनारभित्र शव फेला परेको छ। गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको हो।

श्रीमतीलाई औषधि लिन जाने क्रममा ४८ वर्षीय साह हिजो साँझबाट हराएका थिए। उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतकका परिवारले हत्या गरी इनारमा फालिएको दावी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

जेठ १९, २०७९ बिहीबार १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।