तोलामा चार सयले बढ्यो सुनको मूल्य, चाँदीमा १५ रुपैयाँको वृद्धि

तोलामा चार सयले बढ्यो सुनको मूल्य, चाँदीमा १५ रुपैयाँको वृद्धि

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सयले बढेको छ। आज छापावाल सुन तोलामा ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसअघि छापावालन सुन ९७ हजार २०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० थियो।

आज चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँको वृद्धि भएको छ। महासंघका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ।

जेठ १९, २०७९ बिहीबार ११:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।