नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक राख्ने विषयमा विवाद भएपछि हवाइ फायर

नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक राख्ने विषयमा विवाद भएपछि हवाइ फायर
तस्बिर: इन्टरनेट

काठमाडौंः राजा वीरेन्द्रको शाहको सालिक राख्ने विषयमा नेपालगञ्जमा विवाद भएको छ। विवादपछि झडप र स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाइ फायर समेत गरेको छ।

नेपालगञ्जको धम्बोझी चोकमा युवाहरूले आज जेठ १९ (दरबार हत्याकाण्ड भएको दिन) राजा वीरेन्द्रको शालिक राख्न खोजेका थिए। तर, प्रशासनले अवरोध गरेपछि विवाद र प्रहरीसँगै झडप भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रु ग्यास प्रहार पनि गरेको थियो।

हाल स्थापना गर्न लागिएको सालिक हटाइएको छ। यस्तै झडपमा केही युवाहरू पनि घाइते भएका छन्।

यसअघि २०७३ सालमा पनि त्यहाँ राजा वीरेन्द्रको सालिक राख्न खोज्दा प्रहरीले लाठीचार्ज गरेको थियो। २०६२/०६३ को जनआन्दोलनमा नेपालगञ्जमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक तोडफोड गरिएको थियो। सोही स्थानमा वीरेन्द्रको सालिक राख्ने प्रयास पटक पटक हुँदै आएको छ।

जेठ १९, २०७९ बिहीबार ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।