प्रदेश १, मधेश, बागमती र गण्डकीमा हावाहुरीसहित वर्षाको सम्भावना

प्रदेश १, मधेश, बागमती र गण्डकीमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, मधेश, बागमती र गण्डकीमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

यतिबेला प्रदेश १, मधेश प्रदेशमा मेघगर्जन चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जेठ १९, २०७९ बिहीबार ०८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।