शीर्ष नेताको सल्लाह लिँदै बालेन

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका प्रमख बालेन्द्र साहले भेट गरेका छन्। भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए।
महानगर प्रमु्ख शाहले आफु महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। बालेन मेयरमा निर्वाचित भएपछि प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका थिए।
बालेनले मत गणनाकै समयमा आफ्नो जित सुनिस्चित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए।
*यस अगाडि हेडलाइनमा आशिर्वाद भन्ने परेकोमा सच्याउँदै सल्लाह बनाइएको छ।
जेठ १८, २०७९ बुधबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।