हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
हेटौंडा : हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–९ स्थित कर्रा पुल नजिकै बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय एक पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ खा १६३३ नम्बरको बसले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पैदलयात्रीको सनाखत भएको छैन।
बसलाई नियन्त्रणमा लिएर आवश्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।
जेठ १८, २०७९ बुधबार १४:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।