भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज आकाशबाटै काठमाडौं फिर्ता

काठमाडौं : काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज गन्तव्यमा पुग्दै नपुगी काठमाडौं विमानस्थल फर्किएको छ।
बुद्ध एयरको ९५३ उडान नम्बरको जहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको हो।
काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो।
विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेको छ।
जेठ १८, २०७९ बुधबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।