सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

काठमाडौ‌ं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ८ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ।

जेठ १८, २०७९ बुधबार ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।