आजको मौसम : कतै सामान बदली, कतै हावा-हुरी सहित वर्षा

आजको मौसम : कतै सामान बदली, कतै हावा-हुरी सहित वर्षा

काठमाडौं : आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ।

प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। 

महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली  रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

राति  प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ १८, २०७९ बुधबार ०८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।