प्रतिनिधि सभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु, १७-१९ गते अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु, १७-१९ गते अर्थमन्त्रीले जवाफ दिने
फाइल तस्बिर

काठमाडौंः प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

छलफल र त्यसमा उठेका प्रश्नमा अर्थमन्त्रीको जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेको समय तोकेका छन्।

संवैधानिक व्यवस्थानुसार हरेक वर्षको जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ।

जेठ १७, २०७९ मंगलबार १२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।