बजेटबारे सैद्धान्तिक छलफल राष्ट्रिय सभामा

फाइल तस्बिर
काठमाडौंः राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सो बजेटबारे सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो।
बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नका जवाफका लागि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही जेठ १७ र १८ गतेको समय तोकेका छन्।
संसद्मा बजेट प्रस्तुत गरिसकिएपछि पारित गर्नका लागि यसरी छलफल गर्ने गरिन्छ।
जेठ १७, २०७९ मंगलबार ११:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।