श्रीमान् नै हत्यारा: योनीभित्र औंला छिराएर पाठेघर बाहिर तानी चोट पुर्याएका थिए

चितवनः खैरहनी नगरपालिका–१० कि एक महिलाको मृत्यु भएको छ। आफ्नै श्रीमानले योनीभित्र औंला छिराएर पाठेघर बाहिर तानेर चोट पुर्याएकी ती महिलाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति ११ः५० बजे उपचारको क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो।
उनका श्रीमान् ४० वर्षीय रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी यही जेठ १२ गते उनीमाथि कुटपिटका साथै पाठेघरमा चोट पुर्याएका थिए।
रामचन्द्र माझीलाई हाल पक्राउ गरी ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताएका छन्। जबर्जस्ती करणीको घटना भएकाले मृतक महिलाको नाम थर गोप्य राखिएको छ।
जेठ १७, २०७९ मंगलबार १०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।