पानीको ट्याङ्करले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

पानीको ट्याङ्करले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

कपिलवस्तुः जिल्लाको कृष्णनगर नगरपालिका- ७ जौबारीमा हिजो बेलुका ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय महोमद हनिक रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा बहादुरगञ्जस्थित शिवराज अस्पतालमा मृत्यु भएको हो। पैदल हिँडिरहेका उनलाई हिजो बेलुकी ७ बजे ना२क ८१८ नम्बरको पानी ट्याङ्करले ठक्कर दिएको थियो।

ट्याङ्करसहित चालकलाई ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले नियन्त्रणमा लिएको छ।

जेठ १७, २०७९ मंगलबार ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।