पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टियो, उडान-अवतरण अवरुद्ध

पोखराः तेलको ट्यांकर पल्टिएपछि पोखरा विमानस्थलमा उडान-अवतरण अवरुद्ध भएको छ। मंगलबार विहान आयल निगमको डिपोबाट बुद्ध एयरमा इन्धन भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि उडान-अवतरण अवरुद्ध भएको हो।
अहिले क्रेनमार्फत ट्यांकर हटाउने र तेल पोखिएको ठाउँलाई सफा गर्ने काम भइरहेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बताए। ट्यांकर हटाएर सरसफाइ गरेपछि विमानस्थलबाट नियमित उडान हुने बताइएको छ।
जेठ १७, २०७९ मंगलबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।