आज कस्तो रहनेछ मौसम?

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका केही प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
यतिबेला देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। अन्य भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जेठ १७, २०७९ मंगलबार ०७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।