काठमाडौँ मेयरको पदभार सम्हालेलगत्तै बालेन्द्र पुगे जंगीअड्डा

काठमाडौँ : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन्। प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गरेका हुन्।
मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन्। भेटको क्रममा मेयर साहले विपद् व्यवस्थापनको क्षेत्रमा सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका थिए। साथै राष्ट्रिय सुरक्षामा सेनाले पुर्याएको योगदानको समेत प्रशंसा गरे।
भेटवार्ताको क्रममा प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए। दुई जनाबीचको भेटवार्ताका क्रममा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गरेर अघि बढ्ने कुरामा सहमत भएका छन्।
जेठ १६, २०७९ सोमबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।