सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ : सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
त्यस्तै गठबन्धनको चुनाव परिचालन समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु सहभागी छन्।
जेठ १६, २०७९ सोमबार १६:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।