तारा एयर विमान दुर्घटना अपडेटः २१ जनाको शव भेटियो, १० शव कोवाङ ल्याइयो

तारा एयर विमान दुर्घटना अपडेटः २१ जनाको शव भेटियो, १० शव कोवाङ ल्याइयो

काठमाडौँ : दुर्घटनाग्रस्त तारा एयरमा सवार  २२ मध्ये २१ जनाको शव फेला परेको छ। फेला परेका शवको पहिचान भने हुन सकेको छैन्।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ। चालक दलका तीन सदस्यसहित २२ जना सवार तारा एयरको जहाज आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो। 

संकलन गरिएका २१ मध्ये १० शव हेलिकप्टरबाट कोवाङ ल्याइएको छ। एक जनाको शव भने अझै नभेटिएको सेनाले जनाएको छ। 

आइतबार दिनभर खोजतलास गर्दा पनि दुर्घटनास्थल पत्ता लगाउन सकिएको थिएन। सोमबारे बिहानैदेखि नेपाली सेना, एयर डाइनेष्टी, कैशाल हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर तथा उद्धारकर्मीहरूबाट खोजतलास गरिएको थियो। 

जेठ १६, २०७९ सोमबार १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।