लाइसेन्सका लागि हालसम्म परेको आवेदन रद्द, साँझ ६ बजेपछि नयाँ फारम भर्नुपर्ने

काठमाडौंः सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि हालसम्म परेका आवेदनहरू रद्द भएको छ। यातायात व्यवस्था विभाग मीनभवन काठमाडौंले एक सूचना जारी गर्दै आजसम्म भएका सबै आवेदन रद्द भएको जनाएको हो।
नयाँ आवेदन र क्याटेगोरी थप गर्ने दुवै आवेदन रद्द भएका हुन्। आज साँझ ६ बजेबाट लाइसेन्सको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुने भएकाले अब लाइसेन्स प्राप्त गर्नका लागि पुनः आवेदन दिनुपर्नेछ।
नयाँ आवेदन दिने वेवसाइट applydl.dotm.gov.np रहेको विभागले जनाएको छ। आज साँझ ६ बाट नयाँ आवेदकले मात्र फारम भर्न पाउनेछन् भने क्याटेगोरी थप गर्नेहरूले अर्को सोमबारबाट आवेदन दिन पाउनेछन्।
जेठ १६, २०७९ सोमबार १२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।