उदयपुरको भदौरेमा ट्रक पल्टिँदा चार जनाको मृत्यु

उदयपुरको भदौरेमा ट्रक पल्टिँदा चार जनाको मृत्यु

उदयपुरः जिल्लाको कटारी नगरपालिका- १४ भदौरेमा गए राति ट्रक अनियन्त्रित भएर पल्टिँदा चालकसहित ट्रकमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका- १ का ३३ वर्षीय सुदीप घलान, परिचालक सोही स्थानका नितेश खड्का, ट्रकमा सवार १६ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङ रहेका छन्।

पथलैयाबाट सिमेन्ट लोड गरी सोलुतर्फ जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक गए राति साढे २ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको प्रहरी चौकी घुर्मी उदयपुरले जनाएको छ।

जेठ १६, २०७९ सोमबार ११:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।