बेपत्ता तारा एयरको खोजी बिहानैदेखि सुरु, तीन वटै सुरक्षा निकायका करिब सय जना परिचालन

बेपत्ता तारा एयरको खोजी बिहानैदेखि सुरु, तीन वटै सुरक्षा निकायका करिब सय जना परिचालन

काठमाडौंः हिजो बिहानदेखि बेपत्ता भएको तारा एयरको विमानको खोजी आज बिहानैदेखि सुरु गरिएको छ। पोखराबाट जोमसोम जाने क्रममा विमान सम्पर्कविहीन बनेको थियो।

हिजो खराब मौसम र रात परेकाले खोजी कार्य स्थगित गरिएको थियो। हिजै नेपाली सेनाको हेलिकप्टरले खोजी कार्य गरे पनि खराब मौसमका कारण फर्कन बाध्य भएको थियो। 

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मानापाथी हिमाल आसपासको क्षेत्रलाई आधार मानेर हराएको जहाज खोज्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको करिब एक सय सुरक्षाकर्मी परिचालन भएको जानकारी दिए। 

आज पनि कुहिरो लागेकाले हेलिकप्टर उडाउन समस्या देखिएको छ। यसले खोजीमा चुनौती भएको प्रशासकीय अधिकृत पाण्डेले बताए।

पोखराबाट बिहान ९ः५५ मा जोमसोमका लागि उडेको तारा एयरको ९ एन- एईटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो। हराएको विमानमा चालक दलका तीन सहित र १९ यात्रु रहेका तारा एयरले जनाएको छ।

जेठ १६, २०७९ सोमबार ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।