प्रधानमन्त्री रोजगार कार्यक्रम ढाँचा परिर्वतन गरिने

काठमाडौँ : प्रधानमन्त्री रोजगारीको कार्यक्रमको ढाँचा परिवर्तन गरिनेछ। स्थानीय तहको सहकार्यमा खेतीयोग्य बाँझो जमिन पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई यस कार्यक्रम मार्फत कृषि उत्पादन मुलुक क्षेत्रमा रोजगारी प्रदान गरिने भएको छ ।
अब देखि यो कार्यक्रम मार्फत प्रत्येक वर्ष रोजगार सेवा केन्द्र मार्फत दुई लाख सूचीकृतलाई रोजगार प्रदान गरिने बजेट बक्तब्यमा उल्लेख छ। यो कार्यक्रम चार वर्ष देखि सञ्चालन भइरहेको छ। कार्यकर्ता पोस्नलाई यस्ता कार्यक्रम ल्याइएको भनेर आलोचना हुने गरेपनि यस्ता कार्यक्रमहरु प्राथामिकतामा पर्ने गरेका छन्।
जेठ १५, २०७९ आइतबार १८:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।