बिजुली नपुगेका २५ हजार घरधुरीमा बिजुली पुर्याउने घोषणा

काठमाडौं : सरकारले अबको दुई वर्षभित्र देशभरका सबै घरमा विद्युत् पुर्याउने घोषणा गरेको छ।
संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षभित्र देशभर सबै घरमा विद्युत् पुर्याइने घोषणा गरेका हुन्।
२५ हजार घरधुरीमा विद्युत सेवा पुर्याइने मन्त्री शर्माले बताए। त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरि वैकल्पिक उर्जाबाट आवश्यकता पूर्ति गरिने उनको भनाइ छ।
जेठ १५, २०७९ आइतबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।