अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

काठमाडौँ : सरकारले आर्थिक वर्ष २०७९-८० बाट छापा र टेलिभिजनलाई मात्र दिँदै आएको लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि दिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। सरकारले सूचना विभागमार्फत मिडियालाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने गरेको छ। लोककल्याणकारी विज्ञापनबारे मिडिया सञ्चालकविच भने एक मत छैन। 

पछिल्लो समय नाफामुखी निजी मिडियालाई सरकारले लोककल्याणकारी विज्ञापनको नाममा सरकारी रकम दिन नहुने र खारेज गर्नुपर्ने माग समेत उठ्दै आएको छ।

उनले श्रमजीवी पत्रकारहरूका लागि कार्यान्वयनमा रहेको दुर्घटना बिमालाई समेत निरन्तरता दिएको उल्लेख गरेका छन्।

जेठ १५, २०७९ आइतबार १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।