अब काठमाडौको चारैतिर सुरुङमार्ग

काठमाडौं : नागढुंगा सुरुङ आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषण गरेको सरकारले त्यसका लागि ५ अर्ब २० करोड बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेटमा काठमाडौं सरकारले चार भञ्ज्याङ चार सुरुङमार्ग अन्तर्गत थप सुरुङ मार्गको अध्ययन गर्ने भएको छ।
यस्तै, अन्य तीन भञ्ज्याङमा पनि सुरुङमार्ग निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ। त्यसका लागि सरकारले एक अर्ब बढी बजेट विनियोजन गरेको छ।
जेठ १५, २०७९ आइतबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।