रुपन्देही, नवलपरासी, कैलाली, र धादिङमा ट्रमा सेन्टर स्थापना गरिने, २५ जिल्लाका विपन्न सुत्केरीलाई पाँच हजार

रुपन्देही, नवलपरासी, कैलाली, र धादिङमा ट्रमा सेन्टर स्थापना गरिने, २५ जिल्लाका विपन्न सुत्केरीलाई पाँच हजार

काठमाडौं : रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली कोरिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शर्माले मानव विकास सुचांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट पाँच हजार पोषण खर्च उपलब्ध गराउने व्यवस्था मिलाइएको अर्थमन्त्री शर्माले बताएका छन्। 

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी प्रदेशको राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत र सप्तरीमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत सुपर स्पेसियालिटी सेवाहरुसहितको स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल स्थापनाको कार्य अगाडि बढाइने भएको छ। 

शिक्षक अस्पताल निर्माण कार्य अगाडि बढाइने शर्माले बताए। सिक्कल सेल एनिमिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गरिने भएको छ।

दुर्गम जिल्लामा काम गरिरहेका स्वास्थ्यकर्मी तथा चिकित्सहरुलाई उत्प्रेरित गर्न एक चिकित्सक एक अस्पताल कार्यक्रम कार्यान्वयनमा ल्याइने प्रस्तुत बजेटमा उल्लेख छ।

जेठ १५, २०७९ आइतबार १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।