सरकारले म्यादी प्रहरीलाई बजेटमा समेट्यो

सरकारले म्यादी प्रहरीलाई बजेटमा समेट्यो

काठमाडौं : सरकारले म्यादी प्रहरीलाई पुन:रोजगारको व्यवस्था गर्ने जनाएको छ।

संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्यमशीलता र स्वरजोगार कार्यक्रम अन्तर्गत म्यादी प्रहरीलाई समेटेका हुन्।

उनीहरुलाई रुचिअनुसारको क्षेत्रमा तालिमको व्यस्था गरि रोजगारी दिने योजना सरकारको छ। कृषि वन लगायतका क्षेत्रमा म्यादी प्रहरीलाई समेटिने र सुरक्षाको सहायक बलको रुपमा प्रयोग गर्न व्यवस्था मिलाइने सरकारको योजना छ।

जेठ १५, २०७९ आइतबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।