मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई मासिक पाँच हजार दिइने, ९८ प्रकारका औषधि निशुल्क

काठमाडौँ : मिर्गौला प्रत्यारोपण गरेका तथा डाइलाइसिस गराइरहेका व्यक्तिहरु , क्यान्सर रोग निदान भएका व्यक्तिहरु, मेरुदण्ड पक्षघात भएका व्यक्तिका लागि औषधि उपचार खर्चवापत मासिक पाँच हजारका दरले उपलब्ध गराउनका लागि एक अर्व ५० करोड बजेट छु्ट्याइएको छ।
सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको प्रस्तुत आर्थिक वर्ष २०७९-८० को बजेटमा उल्लेख छ।
जेष्ठनागरिकलाई विशिष्ठिकृत स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि थप २० वटा केन्द्रीय र प्रादेशकि अस्पतालमा जेष्ठनागरिक वार्ड स्थापनागरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाईएको छ।
जेठ १५, २०७९ आइतबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।