अब ६८ वर्षदेखि नै वृद्धभत्ता

अब ६८ वर्षदेखि नै वृद्धभत्ता

काठमाडौं : सरकारले अब ६८ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने भएको छ।

आगामी आर्थिक वर्ष २०७९/२०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षदेखि ६८ वर्षदेखि नै वृद्धभत्ता दिइने बताए।

अर्थमन्त्री शर्माले वृद्धभक्ता नलिने घोषणा गरेका व्यक्तिलाई सरकारले सम्मान गर्ने पनि बताए।

सहरी क्षेत्रमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरेको शर्माले बताए।

जेठ १५, २०७९ आइतबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।