वृद्ध भत्ता पाउने उमेर २ वर्ष घट्यो

वृद्ध भत्ता पाउने उमेर २ वर्ष घट्यो

काठमाडौँ : सरकारले वृद्धभत्ता पाउने उमेर २ वर्ष घटाएर ६८ बनाएको छ। आर्थिक वर्ष २०७९-८० को बजेटमा वृद्ध भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको हो।

यस अगाडि ७० वर्षमाथिले मात्रै सामाजिक भत्ता पाउने गरेका थिए। यो बजेटबाट सरकारले सामाजिक भत्ता नलिने स्व घोषणा समेत गर्न सकिने व्यवस्था गरेको छ। यस्तो स्वघोषणा गरेमा सरकारले सम्मान गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताए।

यस अगाडि स्थानीय तहको निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले वृद्ध भत्ता पाउने उमेर ६५ बनाउने घोषणा गरेको थियो।

जेठ १५, २०७९ आइतबार १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।