निजगढ विमानस्थलः सर्वोच्च भन्छ नबनाउ, सरकार छुट्याउँछ बजेट

काठमाडौ : निजगढ अन्तराष्ट्रिय विमानस्थालको ढाँचा अध्ययनको लागि सरकारले बजेट विनियोजन गर्ने भएको छ।
संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट पेस गर्दै बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगानी बोर्डमार्फत काम अगाडि बढाइने बताए।
सर्वोच्च अदातलले नबनाउनु भनेको बाराको निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउन सरकारले तयारी गरेको छ। सर्वोच्च अदालतले १२ जेठमा निजगढमा विमानस्थल निर्माण नगर्न सरकारका नाममा आदेश जारी गरेको थियो।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानी बोर्डमार्फत आयोजना विकास अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ।
जेठ १५, २०७९ आइतबार १७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।