आधारभूत अस्पतालका लागि १० अर्ब बजेट, ६ सय ५५ आधारभूत अस्पताल निर्माण सम्पन्न गरिने

आधारभूत अस्पतालका लागि १० अर्ब बजेट, ६ सय ५५ आधारभूत अस्पताल निर्माण सम्पन्न गरिने

काठमाडौं : आगामी आर्थिक वर्षमा ६ सय ५५ स्थानीय तहमा निर्मााणधीन आधारभूत अस्पताल निमार्ण सम्पन्न गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण कार्यका लागि १० अर्ब विनियोजन भएको बताए। पूराना तथा जीर्ण स्वास्थ्य संस्थाका भवन पुननिर्माणका लागि आवश्यक बजेट विनियोजन भएको उनले जानकारी दिए।

यस्तै अर्थमन्त्री जनार्दश शर्माले स्थानीय तहसँगको समन्वयमा नागरिकलाई स्वस्थ पार्ने क्रियाकलापको व्यवस्था गरिने बताए।

शारीरिक व्यायाम, योग ध्यानको लागि स्थानीय तहको समन्वयनमा समुदायिक स्वास्थ्य शिक्षा अभियान सञ्चालन गरिने शर्माले बताए।

जेठ १५, २०७९ आइतबार १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।