घर-जग्गा कारोबार कस्दै सरकार, कारोबार गर्न व्यक्तिले पनि अनुमति लिनुपर्ने

घर-जग्गा कारोबार कस्दै सरकार, कारोबार गर्न व्यक्तिले पनि अनुमति लिनुपर्ने

काठमाडौँ : घर जग्गा कारोबारलाई कस्दै आएको सरकारले अब घर-जग्गा कारोबारको अनुमति लिएको निकाय र व्यक्तिले मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ। सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-८० को बजेटबाट जग्गा खरिदबिक्रीमा यस्तो व्यवस्था गरेको छ।

सरकारले पटक-पटक घर जग्गा कारोबारमा निश्चित मापदण्ड बनाउन अभ्यास गर्दै आएको थियो। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले आधिकारिक निकाय र व्यक्तिले मात्रै घर जग्गा कारोबार गर्न पाउने व्यवस्था गर्ने बताए।

उनका अनुसार यसको प्रारम्भ महानगरपालिका र उपमहानगरपालिकाबाट गरिने छ। अहिले व्यक्तिले पनि सहजै घर-जग्गा कारोबार गर्दै आएका छन्। यसले जग्गाको मूल्य आफूखुसी तोकिने हुँदा जग्गाको मूल्य नियन्त्रण हुन सकेको छैन।

जग्गाको मूल्य निर्धारण र कर सङ्कलनलाई प्रभावकारी बनाउन सरकारले अब व्यक्तिले समेत घर-जग्गा कारोबार गर्न चाहे अनुमति लिनुपर्ने नीति बनाउने तयारी गरेको हो।

जेठ १५, २०७९ आइतबार १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।