काठमाडौं महानगरको सहकार्यमा काठमाडौंमा नेवा संग्रहालय बन्ने

काठमाडौं : सरकारले काठमाडौंमा नेवा संग्रहालय बनाउने भएको छ।
संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं महानगरको सहकार्यमा काठमाडौंमा नेवा संग्रहालय बनाइने बताएका हुन्।
यसैगरी पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यान्वयन गर्न सहयोग गरिने शर्माले बताए।
जेठ १५, २०७९ आइतबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।