कृषि कर्जाको लागि ५ खर्बको लघुवित्त कोष स्थापना गरिने

कृषि कर्जाको लागि ५ खर्बको लघुवित्त कोष स्थापना गरिने

काठमाडौंः सरकारले कृषि कर्जाको लागि ५ खर्बको लघुवित्त कोष स्थापना गर्ने घोषणा गरेको छ।

संसदको संयुक्त बैठकमासरकारको आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग र कृषिमा लगानी गर्नुपर्ने रकम कोषमा लगानी गर्नुपर्ने सरकारले घोषणा गरे। 

उक्त कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषबाट समेत रकम लगानी गर्ने गरिने र यसबाट कृषि उत्पादनका लागि लगानी वित्तीय पहुँच अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा लिएको मन्त्री शर्माले बताए।

यस्तै, ग्रामीण विकास लघुवित्तको पुनःसंरचना गरी पूँजी संरचना र संस्थागत क्षमताअभिवृद्धि गरी उक्त संस्थामा गाउँपालिका र नगरपालिकाले ५० लाख र १ करोडसम्म सेयर लगानी गर्न सक्ने बजेटमा उल्लेख गरिएको छ।
 

जेठ १५, २०७९ आइतबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।