दुई घण्टामा सगरमाथा पुग्ने गरी सडक बन्ने

काठमाडौँ : सरकारले पर्यटन विकासका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ। २ घण्टामा सगरमाथा पुग्ने गरी सडक निर्माण गर्ने, नेपालको महत्त्वपूर्ण धामहरू एकै ठाउँमा अवलोकन गर्न एकै ठाउँमा प्रतिलिपि धामको स्थापना गरिने बजेटमा उल्लेख छ।
कोरोनाबाट प्रभावित भएको पर्यटन सम्बन्धी क्षेत्रको राहतका लागि इजाजत दस्तुरमा छुट दिने भएको छ। आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्। प्रमुख पर्यटकीय क्षेत्रको सडकको स्तरोन्नती गर्ने बजेटमा उल्लेख छ।
जेठ १५, २०७९ आइतबार १६:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।